+
+
Shares

स्थानान्तरण प्रक्रियामा छुटेकालाई सम्पर्कमा आउन सरकारको आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले नदी किनारका जोखिमयुक्त बस्तीबाट छुटेका नागरिकलाई दशरथ रंगशालामा सम्पर्कमा आउन आह्वान गरेको छ।
  • शहरी विकास मन्त्रालयले सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रमा दर्ता गर्न भनेको छ।
  • सरकारले होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, शिक्षा र मनोवैज्ञानिक परामर्श उपलब्ध गराएको छ।

२० वैशाख, काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ ।

शहरी विकास मन्त्रालय एक विज्ञप्ति जारी गर्दै स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन भनेको हो ।

‘सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको विज्ञप्तिमा उल्लेख छ ।

‘उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराईएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्व व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?