+
+
Shares

लोक सञ्चारकर्मीको बनभोज,  राजु परियारदेखि टीकासम्मको सांस्कृतिक प्रस्तुति 

कार्यक्रममा चर्चित लोकगायक राजु परियार, टीका सानु, बालकुमार श्रेष्ठलगायत कलाकारहरूको प्रस्तुतीसँगै उपस्थिति थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २० गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समितिले बालाजु बाइपास पार्कमा बृहत् मैत्रीपूर्ण बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।
  • कार्यक्रममा लोकगायक राजु परियार, टीका सानु, बालकुमार श्रेष्ठ लगायत कलाकारहरूको प्रस्तुती भएको थियो।
  • उपत्यका समितिले संस्कार, संस्कृति तथा लोक परम्पराको संरक्षणमा केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

काठमाडौँ । राष्ट्रिय लोकसञ्चारकर्मी नेपाल उपत्यका समितिको आयोजनामा बृहत् मैत्रीपूर्ण बनभोज तथा सांस्कृतिक कार्यक्रम भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको बालाजु बाइपास पार्कमा सम्पन्न उक्त कार्यक्रम लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो ।

कार्यक्रममा चर्चित लोकगायक राजु परियार, टीका सानु, बालकुमार श्रेष्ठलगायत कलाकारहरूको प्रस्तुतीसँगै उपस्थिति थियो ।

उक्त अवसरमा विभिन्न क्षेत्र तथा विधामा आबद्ध व्यवसायीहरूलाई सम्मानसमेत गरिएको थियो। लोकसञ्चारकर्मी उपत्यका समितिले संस्कार, संस्कृति तथा लोक परम्पराको संरक्षणमा केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

उपत्यका समितिका सचिव सञ्जय पोखरेलका अनुसारले कार्यक्रमले आपसी सद्भाव, मित्रता, सहकार्य तथा संगठनात्मक एकतालाई थप सुदृढ बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?