News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टोलीले रुवान्डामा भएको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा दोस्रो स्थान हासिल गरी नेपाल आइपुगेको छ।
- प्रतियोगिताको उपाधि अमेरिकाले जितेको छ जसले ८ खेलमा ६ जित, १ हार र १ नतिजाविहीन खेल खेलेको थियो।
- नेपालले ८ खेलमा ५ जित र ३ हारसहित १० अंक जोडेको छ भने अमेरिकाले १३ अंक जोडेको छ।
२० वैशाख, काठमाडौं । रुवान्डामा भएको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ ।
प्रतियोगितामा दोस्रो भएको नेपाली महिला टोली आइतबार विहान नेपाल आइपुगेको हो । यस प्रतियोगिताको उपाधि भने अमेरिकाले जितेको थियो ।
अमेरिकाले ८ खेलमा ६ जित निकाल्दा एक हार मात्र बेहोरेको थियो भने एक खेल नतिजाविहीन थियो । । नेपालले भने पाँच जित र तीन हारको नतिजा निकाल्यो ।
नेपालले अमेरिकासँग दुवै खेलमा हार बेहोर्दा इटाली र रुवान्डालाई दुवै खेलमा हरायो भने भानुआतुसँग एक जित र एक हारको नतिजा निकाल्यो ।
नेपालले ८ खेलमा १० अंक जोड्दा अमेरिकाले १३ अंक जोड्यो । रुवान्डाको ८ खेलमा ९ अंक, इटालीको ८ खेलमा ६ अंक अनि भानुआतुको २ अंक रह्यो ।
प्रतिक्रिया 4