+
+
Shares

धीरज र मिरुनाको ‘कुस्ती’ ९ असोजमा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते ११:५०
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनिल योञ्जनको निर्देशनमा तयार फिल्म 'कुस्ती' असोज ९ गते काठमाडौँमा प्रदर्शन हुने भएको छ।
  • फिल्म 'कुस्ती' प्रेम कथानक कमेडी ड्रामा हो जसमा धीरज मगर र मिरुना मगरको अभिनय छ।
  • निर्देशक योञ्जनले अन्तर्राष्ट्रिय वितरकबाट प्रदर्शन अधिकार खरिदका प्रस्ताव आइरहेको र विदेश प्रदर्शन चाँडै तय हुने बताउनुभयो।

काठमाडौं । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको फिल्मलाई असोजमा प्रदर्शन गरिने उनले बताए ।

योञ्जनले भने, ‘हामीले हाम्रो वितरक तथा प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन तय गरेका हौँ । सोही अनुसार म लगायत सम्पूर्ण टिमले फिल्मको प्राविधिक काम गरिरहेका छौँ ।’

‘कुस्ती’ एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाको मधुर यात्रा हो । भावनात्मकतासँगै हाँस्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो’ फिल्मबारे उनले भने । निर्देशक योञ्जनले प्रेम गरेता पनि स्वभावका् भिन्नताले एकसाथ रहन सङ्घर्ष गरिरहेको जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने बताए ।

यो फिल्ममा धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापाको अभिनय छ ।

यस वर्षको ६१औँ ‘मिस इन्डिया २०२६’ मा ‘मिस मल्टिमिडिया’ को उपाधि जित्दै टप १५ मा पर्न सफल भएकी दिकिलाको यो डेब्यु नेपाली फिल्म हो । उनले सन् २०२१ मा ‘मिस टिन फेसन आइकन’ उपाधि जितेकी थिइन्, जसले उनको सौन्दर्य प्रतियोगिताप्रतिको लगाव र सम्भावनालाई प्रारम्भमै देखाएको थियो ।

दिकिला एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी हुन् । फिल्मको अन्तर्राष्ट्रिय वितरकबाट प्रदर्शन अधिकार खरिदका प्रस्ताव आइरहेको बताउँदै योञ्जनले चाँडै विदेश प्रदर्शन तय गर्ने जानकारी दिए । धीरज र मिरुनाको जोडीलाई पर्दामा हेर्ने नेपालसँगै प्रवासी नेपाली पनि उत्साहित छन् ।

फिल्ममा उमङ्ग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, रेनिश फागोको कलर करेक्सन, शैलेश श्रेष्ठ र रोहित शाक्यको पाश्र्व सङ्गीत र शिशिर खातीको नृत्य निर्देशन छ ।

डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस डिजाइन आइआइएफटी (धीरज एण्ड मिरुना) ले गरेको हो । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?