+
+
Shares
उद्योग वाणिज्य महासंघ साधारणसभा सुरु :

सरकारको स्थायित्व मुलुक विकासको अवसर बनाऔं : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभयो।
  • अध्यक्ष ढकालले एकै दलको झण्डै दुई तिहाई संसदमा उपस्थिति भएको अवस्थालाई अभूतपूर्व अवसर भनेका छन्।
  • उनीहरूले युवाको रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने र नेपालको उत्पादन विश्व बजारमै प्रतिस्पर्धी हुने उल्लेख गरेका छन्।

२१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।

महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा सोमबार बोल्दै अध्यक्ष ढकालले भने, ‘सरकारको स्थायित्वलाई मुलुकको विकास र यस मार्फत सबै क्षेत्रमा स्थायित्व प्रदान गर्ने अवसरका रुपमा सदुपयोग गरिनुपर्छ ।’

उनले मुलुकसामू अभूतपूर्व अवसर आएको भन्दै  स्थायी सरकार नभएर नीतिगत स्थायित्व खोजिरहेको समयमा एकै दलको झण्डै दुई तिहाई संसदमा उपस्थिति उल्लेखनीय अवसर भएको बताए ।

विगतमा यस्तै सम्भावनालाई अवसरमा बदलेर प्रगति गर्नबाट चुकेका धेरै उदाहरण रहेको भन्दै उनले निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्न पाएमा प्रगति गर्ने पर्याप्त अवसर रहेको बताए ।

नेपालीको मिडियन उमेर २५ वर्ष रहेको, छिमेकी भारत र चीनमा पर्याप्त बजार रहेको र विकसित देशमा भन्सार रहित बजार पहुँच पाइरहेको समयमा नेपालका उत्पादन विश्व बजारमै प्रतिस्पर्धी हुने उनको भनाइ छ । युवाको चाहना पूरा गर्न व्यवहारमै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?