News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोत्तम पेन्ट्सले ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन अनुमति पाएको छ।
- वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले ८५ हजार कित्ता सेयर आईपीओमा छुट्याएको छ।
- आईपीओमा न्यूनतम १० र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ र आवेदन वैशाख २४ गतेसम्म खुला हुनेछ।
२१ वैशाख, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन अनुमति पाएको थियो।
जसको १० प्रतिशतले हुन आउने ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकालाई निष्कासन खुलाइएको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङका केयर रेटिङ नेपालले कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4