News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलको बीस पचहत्तर युवा क्लबले वैशाख २६ गतेदेखि जेठ २ गतेसम्म दोस्रो उपमेयर कप राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता आयोजना गर्नेछ।
- प्रतियोगितामा आठ राष्ट्रियस्तरका टिम सहभागी हुनेछन् र प्रत्येक टिमले तीनजना विदेशी खेलाडी राख्न सक्नेछन्।
- उपाधि विजेताले दुई लाख ५० हजार र उपविजेताले १ लाख २५ हजार नगद पुरस्कार पाउनेछन् भने विभिन्न विधामा पनि पुरस्कार दिइनेछन्।
२१ वैशाख, बुटवल । बुटवलमा वैशाख अन्तिम हप्ता राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता हुने भएको छ । बुटवलको बीस पचहत्तर युवा क्लबको आयोजनामा वैशाख २६ गतेदेखि जेठ २ गतेगतेसम्म दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।
बुटवल –७ स्थित सिद्देश्वरी खेल मैदानमा हुने प्रतियोगितामा राष्ट्रिय स्तरका ८ टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा भाग लिने टिमले बढीमा तीनजना विदेशी खेलाडी राखेर खेलाउन सक्ने थापाले बताए ।
उपाधि जित्ने टोलीले दुई लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन । त्यस्तैगरी सर्वोकृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट फरवार्डले १० हजार, उत्कृष्ट गोलरक्षकले १० हजार, उत्कृष्ट डिफेन्सले १० हजार, उत्कृष्ट कोचले १० हजार र प्रत्येक दिनको म्यान अफ दि म्याचले ५ हजार पुरस्कार पाउने छन् ।
प्रतियोगितामा पहिलो संस्करणको विजेता ट्रिनिटी क्लब स्याङ्जा, उपविजेता कपिलवस्तु ११ सहित पदमा स्पोर्टस क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब, आयोजक बीस पचहत्तर युवा क्लब संकटा क्लब र मकवानपुर फुटबल एकेडेमी हेटौडा सहभागिता हुने क्लबका दीपक गुरुङले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगरपालिकाले १० लाख रुपैयाँ र वडाले समेत केही वजेट दिने बुटवल–७ का वडा अध्यक्ष पदमराज गाहाले बताए ।
क्लबले बुटवलमा राष्ट्रियस्तरको महिला फुटबल आयोजना गर्नु सकारात्मक भएको बताए ।
प्रतिक्रिया 4