+
+
Shares

केरलमा वामपन्थी किल्ला संकटमा: कांग्रेस नेतृत्वको यूडीएफलाई अग्रता

मुख्यमन्त्री पिनाराई विजयन सुरुवाती चरणमा आफ्नै क्षेत्रमा पछि परेपछि राजधानीस्थित कांग्रेस मुख्यालय ‘इन्दिरा भवन’ मा कार्यकर्ताहरूले उत्सव मनाउन सुरु गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केरल विधानसभा निर्वाचनको सुरुवाती रुझानमा कांग्रेस नेतृत्वको यूडीएफले स्पष्ट अग्रता कायम गरेको छ।
  • मुख्यमन्त्री पिनाराई विजयन आफ्नै क्षेत्रमा पछि परेपछि कांग्रेस कार्यकर्ताहरूले उत्सव मनाउन सुरु गरेका छन्।
  • सन् २०२१ मा एलडीएफले तोडेको सत्ता परिवर्तनको परम्परालाई यसपटक यूडीएफले पुनः सत्तामा फर्कने सम्भावना देखाएको छ।

२१ वैशाख, काठमाडौं । केरल विधानसभा निर्वाचनको सुरुवाती रुझानमा सत्तारुढ वामपन्थी गठबन्धन (एलडीएफ) पछि परेको छ।

मुख्यमन्त्री पिनाराई विजयन सुरुवाती चरणमा आफ्नै क्षेत्रमा पछि परेपछि राजधानीस्थित कांग्रेस मुख्यालय ‘इन्दिरा भवन’ मा कार्यकर्ताहरूले उत्सव मनाउन सुरु गरेका छन्।

हालसम्मको गणना अनुसार कांग्रेस नेतृत्वको यूडीएफले स्पष्ट अग्रता कायम गरेको छ। मुख्यमन्त्री विजयन पछि परेको खबरले विपक्षी खेमामा उत्साह थपेको छ, यद्यपि पछिल्लो चरणको गणनामा उनी झिनो मतले अगाडि देखिएका छन्।

केरलमा दशकौँदेखि कायम सत्ता परिवर्तनको परम्परालाई सन् २०२१ मा एलडीएफले तोडेको थियो, तर यसपटकको रुझानले पुनः कांग्रेस नेतृत्वको गठबन्धन सत्तामा फर्कने बलियो सम्भावना देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?