+
+
Shares

असम निर्वाचन: कांग्रेसका प्रमुख अनुहार गौरव गोगोई जोरहाटमा पराजित

उनलाई भाजपाका हितेंद्र नाथ गोस्वामीले २३ हजारभन्दा बढी मतान्तरले हराएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असम विधानसभा निर्वाचनमा कांग्रेसका प्रदेश अध्यक्ष गौरव गोगोई जोरहाट सिटबाट भारतीय जनता पार्टीका हितेंद्र नाथ गोस्वामीले २३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका छन्।
  • निर्वाचन आयोगको तथ्याङ्क अनुसार गोस्वामीले ६४,४३९ मत प्राप्त गर्दा गोगोईले ४६,२५७ मत पाएका छन्।
  • गोगोईलाई कांग्रेसले मुख्य रणनीतिकार र प्रमुख अनुहारका रूपमा प्रस्तुत गरेको थियो, तर उनले आफ्नै गढ जोगाउन सकेनन्।

२१ वैशाख, काठमाडौं । असम विधानसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता एवं प्रदेश अध्यक्ष गौरव गोगोई जोरहाट सिटबाट पराजित भएका छन्। उनलाई भारतीय जनता पार्टी (भाजपा) का हितेंद्र नाथ गोस्वामीले २३ हजारभन्दा बढी मतान्तरले हराएका हुन्।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार गोस्वामीले ६४,४३९ मत प्राप्त गर्दा गोगोईले ४६,२५७ मत मात्र पाएका छन्। जोरहाट लोकसभा सिटबाट सांसद रहेका गोगोईलाई कांग्रेसले यस निर्वाचनमा मुख्य रणनीतिकार र प्रमुख अनुहारका रूपमा प्रस्तुत गरेको थियो। तर, आफ्नै गढ जोगाउन नसक्दा गोगोईको हारलाई असम कांग्रेसका लागि ठूलो धक्काका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?