+
+
Shares

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा बा ४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको छ।
  • काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

२१ वैशाख, काठमाडौं । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा ४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिए ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?