News Summary
Generated by OK AI. Editorially reviewed.- केन्द्रीय साइबर ब्यूरोले अनलाइन ठगीको आरोपमा धनकुटा, सुनसरी र इनरुवाका चार जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेहरूमा दीपक लिम्बु, सौरब भुजेल, सजल राई र सृजन थापा रहेका छन्।
- उनीहरूले पीडितलाई डर, धम्की देखाएर रकम ठगी गरेको आरोप छ र चार दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।
२१ वैशाख, काठमाडौं । अनलाइन ठगीको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी नगरपालिका–३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरीको धरान उपमहानरपालिका–९ का २१ वर्षीय सौरब भुजेल, सोही पालिका–१३ का २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो ।
यो समूहले पीडितलाई डर, धम्की देखाई रकम हाल्न लगाएर ठगी गरेको आरोप छ । पक्राउ परेका उनीहरूविरुद्ध ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4