News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको रोशी खोलामा फसेका ६०/६५ जना यात्रुहरूलाई सशस्त्र प्रहरी बलले डोरी र जेसीबीको माध्यमबाट उद्धार गरेको छ।
- रोशी खोलामा पानीको सतह बढेर सडक कट्टान हुँदा बीपी राजमार्ग अवरुद्ध भएको छ।
- सशस्त्र प्रहरीले जोखिमलाई मध्यनजर गर्दै काठमाडौंतर्फ आउँदै गरेको १ सय ६० वटा सवारी साधन रोकेको छ।
२१ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्ग काभ्रेको रोशी खोलामा फसेका ईभी माइक्रोबसका यात्रुको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार, ईभी हायसमा फसेका ६०/६५ जना यात्रुहरूलाई डोरी र जेसीबीको माध्यमबाट उद्धार गरिएको हो ।
नमोबुद्ध नगरपालीका–६ चौकीडाँडा र रोशी गाउँपालिका ७ चारसय बेशीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
१५ नम्बर गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यमा खटिएको डीएसपी थापाले बताए ।
उनका अनुसार, बिपी राजमार्ग सडकखण्डमा आवत जावत गर्ने सवारी साधनहरूको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रोशी गाउँपालिका–७ लासटोलबाट काठमाडौंतर्फ आउँदै गरेको १ सय ६० वटा सवारी साधनहरु रोकेर राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4