+
+
Shares

सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते ११:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सुनको भाउ प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको नयाँ मूल्य तोकेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८ सय ४० रुपैयाँ पुगेको छ।

२२ वैशाख, काठमाडौं । मंगलबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै गत मंगलबार २ लाख ९७ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १५० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँ मूल्य तय भएको छ । अघिल्लो दिन  चाँदी प्रतितोला ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?