+
+
Shares

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते ११:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भएको छ।
  • महासंघको ६० औं वार्षिक साधारणसभा सोमबार उद्घाटन भएको थियो।
  • वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार अन्जन श्रेष्ठ अध्यक्ष हुनेछन्।

२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आज मतदान भइरहेको छ ।

सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अन्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन् ।

तर उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि भने आज मतदान भइरहेको छ । महासंघमा हेमराज ढकाल र शिव प्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छन् ।

ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ । अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वतः अध्यक्ष हुनेछन् । महासंघका अध्यक्ष चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतले मतदात गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?