फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पहिलो महिनाको संसदीय रपोर्ट कार्ड सार्वजनिक गरेका छन्।
- चैत १९ देखि २७ गतेसम्म चलेको पहिलो अधिवेशनमा उनले उठाएका विषयवस्तु र सहभागितालाई रिपोर्ट कार्डमा उल्लेख गरेका छन्।
- वैशाख ४ गते संसदीय विषयगत समितिको सभापतिको निर्वाचनमा चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्वाचित भएका छन्।
२२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले पहिलो महिनाको रपोर्ट कार्ड सार्वजनिक गरेका छन् ।
२१ फागुनबाट आएको प्रतिनिधिसभाको पहिलो अधिवेशन गत चैत १९ गतेदेखि चैत २७ गतेसम्म चलेको थियो । त्यसअवधिमा उठाएका विषयवस्तु र संसदीय गतिविधिमा जनाएको सहभागितालाई उनले रिपोर्ट कार्डमा उल्लेख गरेका छन् ।
यही वैशाख ४ गते संसदीय विषयगत समितिको सभापतिको निर्वाचन भएको थियो । चौधरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा निर्वाचित भए ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित चौधरी अघिल्लो प्रतिनिधिसभामा पनि थिए । त्यसबेला समानुपातिक तर्फबाट निर्वाचित भएका उनी यसपटक प्रत्यक्ष निर्वाचित भएका हुन् ।
हेर्नुहोस् रिपोर्ट :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4