News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई म्युचुअल फन्ड र विशिष्टीकृत लगानी कोषमा लगानी गर्ने व्यवस्था गरेको छ।
- सरकारले कर्मचारी सञ्चय कोष ऐन २०१९ को दफा १९ मा खण्ड (१) थप गरी म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सकिने व्यवस्था गरेको छ।
- नागरिक लगानी कोष ऐन २०४७ र सामाजिक सुरक्षा ऐन २०७४ मा पनि म्युचुअल फन्ड र प्राइभेट इक्विटी फन्डमा लगानी गर्ने व्यवस्था थप गरिएको छ।
२२ वैशाख, काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि म्युचुअल फन्ड (सामुहिक लगानी कोष) तथा विशिष्टीकृत लगानी कोष (पीईभीसी)मा लगानी गर्ने व्यवस्था गरेको छ । अध्यादेशमार्फत ती संस्थाका ऐन संशोधन गरेर लगानीको दायरा बढाइएको हो ।
सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८३ जारी गर्दै ती संस्थाको ऐन संशोधन गरेको छ । अध्यादेश अनुसार कर्मचारी सञ्चय कोष ऐन २०१९ को दफा १९ मा खण्ड (१) थप गरिएको छ । जसमा कोषको लगानी क्षेत्रका रुपमा ‘धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड तथा भेन्चर क्यापिटल फन्डका (पीईभीसी) धितोपत्र इकाइमा लगानी गर्ने’ अध्यादेशमा उल्लेख छ ।
त्यसैगरी नागरिक लगानी कोष ऐन, २०४७ को दफा ३२ को उपदफा (२) को खण्ड (ग) मा ‘बीमा कम्पनी वा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फन्ड, प्राइभेट इक्विटी फन्ड वा भेन्चर क्यापिटल फन्ड वा त्यस्तो संस्था’ भन्ने शब्दहरू थप गरिएको छ । नागरिक लगानी कोष ऐन २०४७ को दफा ३२ मा लगानी सम्बन्धी व्यवस्था रहेको छ ।
साथै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा पनि संशोधन गरेर लगानी गर्ने क्षेत्रहरु बढाइदिएको छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा ३२ को उपदफा (१) को खण्ड (च) मा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त म्युचुअल फन्ड, प्राइभेट इक्विटी इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डका धितोपत्र/इकाइमा लगानी गर्ने’ व्यवस्था थप गरेको छ ।
प्रतिक्रिया 4