News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालय एयरलाइन्सले काठमाडौं-दोहा-काठमाडौं रुटमा सातामा ५ उडान गर्ने तालिका सार्वजनिक गरेको छ।
- सोमबार र बुधबार रात्रि तथा मंगलबार, शुक्रबार र शनिबार दिवा उडान हुने कम्पनीले जनाएको छ।
- पश्चिम एसियामा युद्धका कारण दोहाको नियमित उडान प्रभावित भई केही उडान रद्द हुन सक्ने कम्पनीले स्पष्ट पारेको छ।
२२ वैशाख, काठमाडौं । नेपाली निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं-दोहा-काठमाडौं रुटमा सातामा ५ उडान गर्ने भएको छ ।
मंगलबार सूचना जारी गर्दै हिमालयले यो रुटमा सोमबार र बुधबार रात्रि उडान गर्ने जनाएको छ । त्यस्तै मंगलबार, शुक्रबार र शनिबार भने दिवा उडान हुने गरी तालिका तय गरिएको छ ।
पश्चिम एसिया युद्धका कारण दोहाको नियमित उडान प्रभावित भइरहेको छ । जसले गर्दा वैदेशिक रोजगारीमा जाने र फर्कने नेपाली तथा पर्यटकको यात्रा प्रभावित बनिरहेको छ ।
कम्पनीले उच्चतम सुरक्षा मापदण्डका साथ सबै उडान निर्धारित तालिका अनुसार सञ्चालन गर्न प्रयासरत रहेको जनाएको छ । तर, नियन्त्रण बाहिरको परिस्थितिका कारण केही उडान रद्द हुन सक्ने र त्यस्तो अवस्थामा कम्पनी थप दायित्व बहनमा बाध्य नहुने समेत स्पष्ट पारेको छ ।
प्रतिक्रिया 4