News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना पदमुक्त भएका छन्।
- युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा बनेको अध्यादेश अनुसार वैशाख १९ गतेदेखि पदमुक्ति लागु भएको जनाएको छ।
- राखेपको बोर्डमा सदस्य सचिव, मन्त्रालयका प्रतिनिधि, सात प्रदेशका सदस्य सचिव र तीन विभागका प्रतिनिधिहरु मात्र बाँकी छन्।
२२ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना पदमुक्त भएका छन् ।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश अनुसार उनीहरु स्वत: पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । वैशाख १९ गतेदेखि नै लागु हुने गरी पदमुक्त भएको सुचनामा उल्लेख छ ।
युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश कार्यन्वयन गर्नका लागि सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पत्राचार गरेको थियो ।
मंगलबार मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर राखेप उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जनाको पद स्वत: मुक्त भएको जनाएको छ । त्यसमा विभिन्न सरकारका पालामा नियुक्त भएका १८ सदस्यहरु छन् ।
उपाध्यक्ष आचार्यले यसअघि नै पदबाट राजीनामा दिएका थिए । १८ सदस्यको नाममा जिन्नी तथा नगद नदेखिएको र उपाध्यक्षको जिम्मामा देखिएका खप्ने मालसामान र अन्य कुनै दायित्व भए फरफाक गर्न सुचनामा उल्लेख गरिएको छ ।
अब राखेप बोर्डमा सदस्य सचिव, मन्त्रालयका प्रतिनिधि, सात प्रदेशका सदस्य सचिव, तीन विभागका प्रतिनिधिहरु मात्र छन् । राखेपको अध्यक्ष युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था छ । यस्तै राखेपको कार्यकारी बोर्डमा रहेका चार सदस्य पनि पदमुक्त हुँदा अब कार्यकारी समिति अल्पमतमा परेको छ ।
प्रतिक्रिया 4