+
+
Shares

नख्खु कारागारबाट फरार भएका कैदी पक्राउ

उनी जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १७:४९
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका ४१ वर्षीय आनन्द थापा मगरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।
  • उनले जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए र लागुऔषध मुद्दाको पुर्पक्षका लागि कारागार चलान भएका थिए।
  • पक्राउ परेका उनलाई केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको छ।

२२ वैशाख, काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको बौद्ध धर भएका ४१ वर्षीय आनन्द थापा मगर छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।

लागुऔषध मुद्दाको कसुरमा पुर्पक्षका लागि उनी कारागार चलान भएका थिए । पक्राउ परेका उनलाई केन्द्रीय कारागार जग्गनाथदेवल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?