+
+
Shares

उद्योग वाणिज्य महासंघ निर्वाचन : मतदान सम्पन्न, मतगणना आजै

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते २०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ।
  • महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन्।
  • उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छन्।

२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।

महासंघका अनुसार मतगणना आजै सुरु हुनेछ । अब केही बेरपछि मतगणना थाल्ने तयारी छ । सोमबार महासंघको ६०औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन् ।

उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि भने आज मतदान भएको हो । महासंघमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छ ।

ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ । अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वत: अध्यक्ष हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?