+

सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

२०८३ वैशाख  २२ गते २०:२७ २०८३ वैशाख २२ गते २०:२७
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको छ।
  • प्रतियोगितामा भारत दोस्रो र इन्डोनेसिया तेस्रो भएको छ भने नेपालकी अमृता तामाङले फेयर प्लेको अवार्ड पाएकी छिन् ।
  • अन्तर्राष्ट्रिय सभात महासंघका अध्यक्ष जिल दुइगुले नेपालले सफल रुपमा प्रतियोगिता आयोजना गरेको बताए ।

२२ वैशाख, काठमाडौं । काभ्रेको धुलिखेलमा भएको सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ ।

अन्तर्राष्ट्रिय सभात महासंघ र एसियन सभात कन्फेडेरेसनको प्राविधिक तथा अफिसियल सहयोगमा नेपाल सभात संघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपाल सर्वाधिक ३१ स्वर्ण, २० रजत र ३० कांस्य पदक जितेर टिम च्याम्पियन बनेको नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिए ।

यस्तै १८ स्वर्ण, २७ रजत र २२ कांस्यसाथ भारत दोस्रो तथा ३ स्वर्ण, ४ रजत र १ कांस्यसाथ इन्डोनेसिया तेस्रो भयो ।

च्याम्पियनसिपमा नेपालकी अमृता तामाङले फेयर प्लेको अवार्ड पाइन् भने उज्बेकिस्तानका मास्रपोभ ओमिदिल्लोल पुरुषतर्फ र भारतकी वातन्पाई महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

यसैगरी हिमालयन अन्तर्राष्ट्रिय खुल्ला सभात च्याम्पियनसिपतर्फ न्युजिल्यान्डका ५८ वर्षीय बार्नी भ्याकी र ५४ वर्षीय फ्रान्सिस भेसेतुलु भेट्रान्स एक्सिलेन्स अवार्ड प्राप्त गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव राम चरित्र मेहता, फ्रान्सबाट आएका अन्तर्राष्ट्रिय सभात महासंघका उपाध्यक्ष जिल दुइगूले प्रतियोगिताको उद्घाटन गरेका थिए भने नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।

प्रतियोगितामा एसियाका विभिन्न ९ देशका करिब ३ सय खेलाडी सहभागी थिए भने अन्तिम समयमा विविध कारणले गर्दा थाइल्यान्ड, इरान, बंगलादेश र जापानका खेलाडी आउन नसकेको आयोजकले जनाएको छ ।

विजेता खेलाडीहरुलाई पूर्व राज्य मन्त्री विराज विष्ट, अन्तर्राष्ट्रिय सभात संघका उपाध्यक्ष जिल दुइगु, नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेत, नेपाल सभात संघका महासचिव सिद्धी व्यन्जनकार लगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

समापन समारोहमा अन्तर्राष्ट्रिय सभात महासंघका अध्यक्ष दुइगुले नेपालले सफल रुपमा प्रतियोगिता आयोजना गरेर आफू लगायत सम्पूर्ण सहभागी राष्ट्रको विश्वास जितेको र भविष्यमा विश्वस्तरका अन्य प्रतियोगिताहरु समेत आयोजना गर्न नेपाल सक्षम रहेको सन्देश विश्वसामु दिएको बताए ।

यस्तै नेपाल सभात संघका अध्यक्ष लक्ष्मण बस्नेतले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरुले उत्कृष्ट रुपमा आफ्नो खेल कौशल प्रस्तुत गरेको र प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

यसैबीच आठौं एसियन सभात च्याम्पियनसिप आयोजनाका लागि इन्डोनेसियाले प्रस्ताव गरेको पनि बस्नेतले जानकारी दिए ।

सातौं एसियन सभात च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय