+

‘मैती सोसियल रन ८३’ काठमाडौंमा सम्पन्न

२०८२ माघ  २२ गते २१:२७ २०८२ माघ २२ गते २१:२७
‘मैती सोसियल रन ८३’ काठमाडौंमा सम्पन्न

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हामी छौं समाज नेपालले २५७० औं बुद्ध जयन्तीको अवसरमा \'मैती सोसियल रन ८३\' सामुदायिक दौड आयोजना गरेको छ ।
  • ५५ वर्ष माथिको भेट्रान समूहमा वीरेन्द्र राज बज्राचार्यले १० मिनेट ५२ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक जिते ।
  • कार्यक्रम संयोजक प्रकाश ज्योति बज्राचार्यले भविष्यमा ठूला कार्यक्रम आयोजना गर्ने तयारी रहेको बताए ।

१९ वैशाख, काठमाडौं । टुगेदर फर चेन्ज, टुगेदर फर हेरिटेज भन्ने मूल नाराका साथ नव वर्ष २०८३ र २५७० औं बुद्ध जयन्तीको अवसरमा हामी छौं समाज नेपाल द्वारा आयोजित ‘मैती सोसियल रन ८३’ दौड शुक्रबार सम्पन्न भएको छ ।

३ किलोमिटर लामो सामुदायिक दौड कार्यक्रम स्वास्थ्य, एकता र सामाजिक जागरुकता प्रवर्द्धन गर्न विभिन्न उमेर समूहका धावकहरूको उत्साहजनक सहभागितामा थियो ।

‘माईती सोसियल रन ८३’ अन्तर्गत ५५ वर्ष माथिको भेट्रान समूहमा वीरेन्द्र राज बज्राचार्यले १० मिनेट ५२ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक जिते भने अनुष राज बज्राचार्य र अर्जुन राजवाहकले क्रमशः रजत र कांस्य जिते ।

खुल्ला पुरुषतर्फ गौरव तण्डुकर ११ मिनेट ४७ सेकेण्डमा पहिलो, प्रमेश मालाकर दोस्रो (१९:४८) र हिमेश शाक्य (१२:३३) तेस्रो भए । खुल्ला महिलातर्फ सबिना विष्टले १४ मिनेट २६ सेकेण्डको समयसहित पहिलो हुँदा सुनिता राईः रजत र बिभा गुरुलेङ कांस्य पदक जिते ।

वीरेन्द्र राज बज्राचार्यले सबै प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा छिटो समयमा दौड सकाउँदै समग्रमा पहिलो स्थान हासिल गरे ।

कार्यक्रमका संयोजक प्रकाश ज्योति बज्राचार्यले यो सुरुवात मात्र भएको र भविष्यमा अझ ठूला र राम्रो कार्यक्रमहरू आयोजना गर्न तयार रहेको बताए ।

त्यस्तै हामी छौं समाज नेपालका अध्यक्ष राजा राम कपालीले यो कार्यक्रमले स्वस्थ, थप एकताबद्ध र सामाजिक रुपमा जिम्मेवार समुदाय निर्माण गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिधिको रूपमा उपस्थित काठमाडौँ महानगरपालिका वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले यस कार्यक्रमको प्रशंसा गर्दै यस्ता अर्थपूर्ण समुदाय संचालित गतिविधिहरूको निरन्तरतामा जोड दिए ।

यसै अवसरमा पहिलो कपिलवस्तु आइरोनम्यान वुमन्स नेशनल स्ट्रेन्थ लिफ्टिङ एण्ड आईबीपी च्याम्पियनसिप २०८२ मा स्वर्ण पदक र एनबीएम पावरलिफ्टिङ २०८१ मा रजत पदक विजेता उपान्त्य महर्जनलाई सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

मैती सोसियल रन ८३

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय