+
+
Shares

रुपन्देहीको कालिङ्गा क्यासिनोबाट १९ नेपाली पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ६:५३

२३ वैशाख, काठमाडौं । रुपन्देहीबाट क्यासिनोमा जुवा खेलिरहेका १९ नेपाली पक्राउ परेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित होटेल गौतम बुद्ध इन्टरनेशनलमा रहेको रोयल कालिङ्गा क्यासिनोबाट गएराति ८ बजेतिर प्रहरीले १९ जनालाई पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीको अप्रेसनबाट क्यासिनो म्यानेजरसहित जुवा खेलाउने ४ जना र खेल्ने कार्यमा संलग्न १५ जना गरी १९ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेहरुमा रुपन्देहीको सिद्धर्थनगर नगरपालिका वडा नं.०६ गल्लामण्डी बस्ने २२ वर्षीय अभय कुमार गुप्ता, सिद्धार्थनगर नगरपालिका वडा नं. २ बस्ने २६ वर्षीय सुशान्त अधिकारी, सिद्धार्थनगर नगरपालिका वडा नं. १३ बस्ने २८ वर्षीय सन्जय शाक्य र रुपन्देहीकै ओमसतिया गाउँपालिका वडा नं. २ बस्ने २९ वर्षीय निक्षेन्द नेपाल रहेका छन् ।

यसैगरी काठमाडौंका ५० वर्षीय जीवन थापा, रुपन्देहीका ३२ वर्षीय आकाश गुप्‍ता, ३३ वर्षीय सुनारी मगर, २९ वर्षीय अब्दुल कलाम जोलहा, ५८ वर्षीय अभिषेक शर्मा, ४४ वर्षीय शिव पाण्डे, ३४ वर्षीय रोहन वि.क. भन्ने तिल बहादुर वि.क., २१ वर्षीय सुरज जयसवाल, १८ वर्षीय रमेश यादव, ३८ वर्षीय निर्मल बस्याल र ३० वर्षीय भरत थापा पनि पक्राउ परेका छन् ।

यसैगरी गुल्मीका नेत्र पोख्रेल, ललितपुर ५० वर्षीय बाबुराजा महर्जन र पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ७ का ४४ वर्षीय जंगकुमार अग्रवाल पनि पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ९५ हजार ५ सय रुपैयाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?