+
+
Shares

रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते ७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले चार स्थानीय तहमा ४६१ कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरेको छ।
  • शिविर रोल्पा नगरपालिकामा १२०, सुनिलस्मृति गाउँपालिकामा ५८, लुंग्री गाउँपालिकामा १२७ र परिवर्तन गाउँपालिकामा १५६ कुकुरमा गरिएको छ।
  • कार्यालय प्रमुख डा. शंकर न्यौपानेले रेबिज रोग नियन्त्रण र कुकुरको अनियन्त्रित वृद्धि रोक्न अभियान सञ्चालन गरिएको बताउनुभयो।

२३ वैशाख, रोल्पा । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जिल्लाका चार स्थानीय तहमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ ।

विज्ञ केन्द्रका अनुसार रोल्पा नगरपालिकामा १२०, सुनिलस्मृति गाउँपालिकामा ५८, लुंग्री गाउँपालिकामा १२७ र परिवर्तन गाउँपालिकामा १५६ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

करिब ४६१ कुकुरको बन्ध्याकरण गरिएको गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ ।

रेविज रोग नियन्त्रण तथा कुकुरको अनियन्त्रित वृद्धि रोक्ने उद्देश्यले सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डा. शंकर न्यौपानेले बताए ।

‘रेबिज रोग र कुकुरको अनियन्त्रित वृद्धि रोक्ने उद्देश्यले  हामीले अभियान सञ्चालन गरेका हौं’, कार्यालय प्रमुख न्यौपानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?