News Summary
Generated by OK AI. Editorially reviewed.- संविधान संशोधनका लागि गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरूसँग परामर्श गर्दैछ।
- कार्यदलको संयोजक असिम शाह र सदस्य सचिव लीलाधर सुवेदीले सुझाव सङ्कलन गर्ने जानकारी दिएका छन्।
- परामर्श प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुनेछ।
२३ वैशाख, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा आज दिउँसो तीन बजेदेखि पाँच बजेसम्म उक्त परामर्श गर्न लागेको हो ।
कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव सङ्कलन गरिने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4