+
+
Shares

ढुंगेअड्डामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १२:१२

२३ वैशाख, काठमाडौं । ढुंगेअड्डामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा बा.प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकलका चालक कीर्तिपुर नगरपालिका-४ सल्यानटार बस्ने ३० वर्षीय विशाल धामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त मोटरसाइकललाई ना२क ३६७ नम्बरको गाडीले ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा७३प ९६५० नम्बरको मोटरसाइकलमा समेत ठक्कर खाँदा दुर्घटना भएको थियो ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?