News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले शैक्षिक क्षेत्रमा प्रशासनिक सुधारको दीर्घकालीन प्रभावबारे शिक्षामन्त्रीसँग छलफल आवश्यक रहेको बताएको छ।
- स्ववियु अध्यक्ष गोविन्द कोइरालाले सरकारको नियतबारे स्पष्टताका लागि विद्यार्थी र शिक्षामन्त्रीबीच खुल्ला संवाद आवश्यक रहेको उल्लेख गरे।
- विद्यार्थी र शिक्षामन्त्रीबीचको संवाद आगामी शुक्रबार त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सहजीकरण गर्ने तय भएको छ।
२३ वैशाख, काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले शैक्षिक क्षेत्रमा पार्ने दीर्घकालीन प्रभावबारे शिक्षामन्त्रीसँग छलफल आवश्यक रहेको बताएको छ ।
सरकारले ल्याएको प्रशासनिक सुधारको बुँदा नं. ८६ मा उल्लेख भएका विषयबारे शिक्षामन्त्रीसँग आफूहरूले छलफल गर्न चाहेको स्ववियु अध्यक्ष गोविन्द कोइरालाले बताए ।
‘सरकारको नियतका विषयमा स्पष्टताका लागि विद्यार्थीसँगको संवाद आवश्यक छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूसँग खुल्ला संवाद गर्न चाहन्छौं,’ कोइरालाले भने ।
विद्यार्थी र शिक्षामन्त्री बीच हुने संवादमा त्रिचन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सहजीकरण गर्ने उनले बताए ।
संवादको सयम आगामी शुक्रबारको लागि तोकिएको छ ।
प्रतिक्रिया 4