News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुमवासी बस्तीमा सरकारले डोजर आतंक देखाएको भन्दै उक्त कार्य स्वीकार्य नहुने बताएका छन्।
- सभापति थापाले यस्तो क्रुर राज्य स्वीकार्य नभएको र यसले अन्य ठाउँमा पनि क्रुरता देखाउने चेतावनी दिएका छन्।
- थापाले कांग्रेसले सुकुमवासी बस्तीलाई भोटको राजनीति नगर्ने र आफ्नो कर्तव्य पूरा गर्ने स्पष्ट पारे।
२३ वैशाख, काठाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकमवासी बस्तीमा सरकारले डोजर आतंक देखाएको भन्दै उक्त कार्य स्वीकार्य नहुने बताएका छन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुकुमवासी बस्तीमा चलेको डोजरलाई आतंकको संज्ञा दिँदै स्वीकार्य नभएको बताएका हुन् ।
‘यो डोजरको जुन आतंक छ । यो एक्सेप्टेबल हुँदैन,’ सभापति थापाले भने, ‘यो गलत छ । यस्तो निर्मम स्टेट ?’
क्रुर राज्यलाई ठीक छ भनियो भने ओलि राज्यले अन्य ठाउँमा पनि क्रुरता देखाउने उनको भनँइ थियो ।
‘यस्तो कठोर क्रुर स्टेट ठीक छ भनेर हामीले भन्यो भने भोलि अन्ततिर पनि स्टाटसले यस्तै क्रुरता राख्छ,’ सभापति थापाले भने ।
थापाले सुकुमवासी बस्तीका नागरिक देखाएर कांग्रेसलाई भोटको राजनीति गर्नु नरहेको पनि स्पष्ट पारे । ‘भोटको राजनीति गर्नु छैन, ती हाम्रा भोट बैंक पनि होइन,’ उनले भने, ‘हामीले कर्तव्य पूरा गर्नु छ ।’
प्रतिक्रिया 4