+
+
Shares

११ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा ११ जना सहसचिवको सरुवा गरेको छ।
  • प्रधानमन्त्री कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।
  • सञ्चार मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय र चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

२३ वैशाख, काठमाडौं । ११ जना सहसचिवहरूको सरुवा भएको छ ।

गत सोमबार (२१ वैशाख) मा बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गरी सरुवाबारे जानकारी गराएको छ ।

जस अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ ।

त्यस्तै, सञ्चार मन्त्रालयका सहसचवि आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ । सञ्चार मन्त्रालयकै सहसचिव चन्द्र शाहलाई अर्थ मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिव अनिल कुमार दत्तलाई भने सञ्चार मन्त्रालय सरुवा गरिएको छ । अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई पनि सञ्चार मन्त्रालय सरुवा गरिएको छ ।

को कहाँ ? (हेर्नुस् सूची)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?