+

आर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

२०८३ वैशाख  २३ गते १०:५३ २०८३ वैशाख २३ गते १०:५३
आर्सनल २० वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस क्लब आर्सनल २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनल दोस्रो लेगमा आर्सनलले एट्लेटिको मड्रिडलाई १-० ले पराजित गर्दै समग्रमा २-१ को नतिजा बनाएको हो।
  • आर्सनलले फाइनलमा मे ३० मा हंगेरीको पुस्कास एरेनामा बायर्न म्युनिख र पिएसजीबीचको विजेतासँग खेल्नेछ।

२३ वैशाख, काठमाडौं । इंग्लिस क्लब आर्सनल २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पानिस क्लब एट्लेटिको मड्रिडलाई १-० ले पराजित गर्दै समग्रमा २-१ को नतिजासहित लण्डन क्लब फाइनल पुगेको हो । सेमिफाइनल पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा बुकायो साकाको एक मात्र गोल आर्सनललाई फाइनल पुर्‍याउन निर्णायक बन्यो । साकाले खेलको ४५औं मिनेटमा लिएन्ड्रो ट्रोसार्डको पासमा गोल गरेका थिए ।

एट्लेटिकोले पनि गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

आर्सनलले अब फाइनलमा बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा पीएसजीले बायर्नलाई ५-४ ले पराजित गरेको थियो ।

फाइनल खेल मे ३० मा हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा हुनेछ ।

आर्सनलले पछिल्लो पटक सन् २००५-०६ को सिजन च्याम्पियन्स लिग फाइनल खेलेको थियो । त्यसबेला बार्सिलोनासँग २-१ ले पराजित हुँदे उपविजेतामा सीमित भएको थियो ।

दोस्रो पटक फाइनल पुगेको आर्सनल पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।

आर्सनल युरोपियन च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय