२३ वैशाख, काठमाडौं । कान्तिपुर थिएटरमा नयाँ नाटकका ‘महाभारत’ मञ्चन हुने भएको छ । नाटकघरले नयाँ नाटकबारे जानकारी दिँदै ‘महाभारत’को घोषणा गरेको हो।
यो नाटक नवीन भट्टले निर्देशन गर्नेछन् । नाटकको मञ्चन मिति तथा कलाकारहरूको घोषणा हुन भने बाँकी छ।
पछिल्लो समय यस नाटकघरमा ‘सेतो धरती’ मञ्चन भएको थियो । जुन अमर न्यौपानेको मदन पुरस्कार विजेता कृति समेत हो।
त्यसअघि यो नाटकघरमा ‘मीरा’, ‘शिरीषको फूल’, ‘महारानीको जात्रा’ मञ्चन भइसकेको छ।
पछिल्लो समयमा कान्तिपुर थिएटरले साहित्यिक कृतिमा आधारित नाटकहरू मञ्चन गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4