News Summary
Generated by OK AI. Editorially reviewed.- औद्योगिक तथा व्यावसायिक सुरक्षाका लागि द्रुत प्रतिकार्य संयन्त्र कार्यान्वयनमा ल्याइएको छ।
- यो संयन्त्रमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नेपाली सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान र निजी क्षेत्रका प्रतिनिधि सदस्य छन्।
- समितिले सुरक्षा विश्लेषण, तथ्यांक संकलन, २४ सैं घण्टा निगरानी, हटलाइन सञ्चालन र सुरक्षा गस्ती गर्नेछ।
२३ वैशाख, काठमाडौं । औद्योगिक तथा व्यावसायिक सुरक्षाकालागि द्रुत प्रतिकार्य संयन्त्र कार्यान्वयनमा ल्याइएको छ ।
१३ चैतको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० कार्य सूचीहरू मध्ये औद्योगिक तथा व्यावसायिक सुरक्षा सुदृढीकरणका लागि आवश्यक संरचना तथा द्रुत प्रतिकार्य संयन्त्र स्थापना गर्ने विषय समावेश भएको थियो ।
उक्त निर्णयलाई गृह मन्त्रालयको १४ चैतको सचिवस्तरको निर्णयानुसार यो अवधारणा स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको गृहका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले बताए ।
निजी उद्यम, व्यवसायीको निरन्तरता तथा लगानीको विश्वास आर्जन गर्न, औद्योगिक तथा व्यावसायिक क्षेत्रमा हुने सम्भावित घटना हुन नदिन र भइहालेमा प्रतिकार्य गर्नका लागि यो संयन्त्र कार्यान्वयनमा ल्याइएको उनले बताए ।
यो संयन्त्रमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा नेपाली सेनाको स्थानीय प्रमुख, जिल्ला प्रहरी प्रमुख, सशस्त्रका स्थानीय प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, निजी क्षेत्रका प्रतिनिधि र सहायक सीडीओ सदस्य सचिव रहन्छन् ।
यो समितिले व्यावसायिक सुरक्षा विश्लेषण गरी कार्ययोजना बनाएर कार्यान्वय गर्ने, उद्योग कलकारखानाको तथ्यांक संकलन गर्ने, २४ सैं घण्टा सुरक्षा निगरानी गर्ने, औद्योगिक सुरक्षाका लागि हटलाइन सञ्चालन गर्ने, सुरक्षा गस्ती परिचालन गर्नेलगायतका काम गर्ने बताइएको छ ।
यो समितिको बैठक कम्तीमा महिना एक पटक र आवश्यक परे जति पटक पनि बस्ने सक्ने बताइएको छ ।
प्रतिक्रिया 4