News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले एसियन गेम्स छनोट प्रतियोगिता र एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
- टोलीको कप्तानमा इन्दु बर्मा र उपकप्तानमा पूजा महतो चयन भएका छन्।
- सोनी पाख्रिन र सीता रानामगरले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
२३ वैशाख, काठमाडौं । एसियन गेम्स छनोट प्रतियोगिता तथा एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै नेपाली टोलीको घोषणा गरेको हो । एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ सम्म हुँदैछ भने प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ ।
टोलीको कप्तानमा इन्दु बर्मा र उपकप्तानमा पूजा महतो चयन भएका छन् । टोलीमा रुबी पोद्दार, कविता जोशी, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, रिया शर्मा, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।
सोनी पाख्रिनले लामो समयपछि सिनियर टिममा पुनरागमन गर्दैछन् । यस्तै यसअघि राइजिङ स्टार्स महिला एसिया कपमा खेलेर रुवान्डामा भएको शृंखला नखेलेकी सीता रानामगर पनि टोलीमा फर्किएकी छन् ।
सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउदलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।
प्रतिक्रिया 4