News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाका सांसदहरूले अर्थमन्त्री र भौतिकमन्त्रीसँग आगामी बजेटबारे छलफल गरेका छन्।
- मन्त्रीद्वयले जिल्लामा कनिका छरे जस्तो गरी बजेट माग्ने परिपाटी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
- दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने र समान पहुँच हुने गरी विकास योजना छनोट गरिने बताइएको छ।
२३ काठमाडौं । रास्वपाका सांसदहरूले अर्थमन्त्री र भौतिक मन्त्रीसँग आगामी बजेटबारे छलफल गरेका छन् ।
बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालसहित बसेको संसदीय दलको बैठकमा रास्वपा सांसदहरूले आगामी बजेटबारे मन्त्रीद्वयसँग सांसदहरूले चासो राखेका हुन् ।
बैठकमा सांसदहरूको सुझाव सुनेपछि अर्थमन्त्री र भौतिकमन्त्रीले जिल्लामा कनिका छरे जस्तो गरी बजेट माग्ने परिपाटी अन्त्य गर्नुपर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी रास्वपा सांसद राजीव खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार मन्त्रीद्वयले बजेट माग्नका लागि सांसदहरूले मन्त्रालय धाउनुपर्ने बाध्यता नरहने बताएका छन् ।
बैठकमा मन्त्रीद्वयले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
समान पहुँच हुने गरी विकासका योजनाहरू छनोट गरिने र स्थानीय तह, प्रदेश र केन्द्रीय तहको फरक छुट्याउने गरी बजेट निर्धारण गरिने उनले बताए ।
प्रतिक्रिया 4