+
+
Shares

जेनजी आन्दोलन : सप्तरीमा तोडफोडका आरोपी ३५ हजार धरौटीमा छुटे

सोही मुद्दाका अन्य अभियुक्त राजुकुमार यादव, रमेशकुमार साह र सुरेन्द्रप्रसाद साह यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ वैशाख २३ गते १९:००

२३ वैशाख, सप्तरी । जेनजी आन्दोलनमा सार्वजनिक सम्पत्तिमा तोडफोड घटनामा जोडिएका राजकिशोर यादव ३५ हजार धरौटीमा छुटेका छन् । सप्तरी जिल्ला अदालतले ३५ हजार धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश शम्भु गौतमको इजलासले यादवलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

यादवमाथि बोदेबर्साइन नगरपालिका कार्यालय, इलाका प्रशासन कार्यालय रहेको सरोज रानीसिँह यादवको घरमा भएको तोडफोडमा संलग्न रहेको आरोप छ । उनीविरुद्ध बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह र सरोज रानीसिँह यादवले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा यादवसहित ११ जनाविरुद्ध गत फागुन १४ गते आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । उनी बुधबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका थिए ।

सोही मुद्दाका अन्य अभियुक्त राजुकुमार यादव, रमेशकुमार साह र सुरेन्द्रप्रसाद साह यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?