+
+
Shares

तनहुँ आँबुखैरेनीका चार विद्यालयलाई स्मार्ट बोर्ड   

रासस रासस
२०८३ वैशाख २३ गते १५:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा वर्ल्डलिंक कम्युनिकेसनले तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई स्मार्ट बोर्ड सहयोग गरेको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले उक्त सामग्री गाउँपालिका शिक्षा अधिकृत निर्मला कुँवरलाई हस्तान्तरण गरेका छन्।
  • शिक्षा अधिकृत कुँवरले स्मार्ट बोर्डले विद्यालयमा डिजिटल शिक्षा प्रणाली विस्तार गर्न सहयोग पुग्ने बताएकी छन्।

२३ वैशाख, तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पहलमा तनहुँको आँबुखैरेनी गाउँपालिकाका चार विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग गरिएको छ ।

उनको पहलमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले चार थान स्मार्ट बोर्ड सहयोग गरेको हो ।

उक्त सामग्री राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व बास्तोलाले आज गाउँपालिका शिक्षा अधिकृत निर्मला कुँवरलाई हस्तान्तरण गरे ।

स्मार्ट बोर्डले विद्यालयमा डिजिटल शिक्षा प्रणाली विस्तार गर्न सहयोग पुग्ने शिक्षा अधिकृत कुँवरले बताए ।

स्थानीय तहमा प्रविधिमैत्री शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यसहित उक्त सहयोग गरिएको रास्वपा सभापति बास्तोलाले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?