+
+
Shares

‘लालीबजार’ शुक्रबारदेखि रिलिज हुने, अग्रिम टिकट बिक्री खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनले प्रदर्शनको लागि बाटो खुला गरेपछि फिल्म 'लालीबजार' शुक्रबारदेखि देशब्यापी रिलिज हुने भएको छ।
  • निर्माता म्याक्स दिपेश खत्रीका अनुसार फिल्मलाई बिहिबार प्रिमियर गर्ने तयारी छ।
  • मुलुकभरका हलले यम थापा निर्देशित फिल्मको एड्भान्स बुकिङ खुला गरेका छन्।

काठमाडौं । उच्च अदालत पाटनले प्रदर्शनको लागि बाटो खुला गरेपछि फिल्म ‘लालीबजार’ शुक्रबारदेखि देशब्यापी रिलिज हुने भएको छ । निर्माता म्याक्स दिपेश खत्रीका अनुसार फिल्मलाई बिहिबार प्रिमियर गर्ने तयारी छ ।

मुलुकभरका हलले यम थापा निर्देशित फिल्मको एड्भान्स बुकिङ खुला गरेका छन् । शुक्रबार लालीबजारसहित ५ फिल्म रिलिज हुने तय भएको छ ।

स्वस्तिमा खड्का स्टारर फिल्मले वादी समुदायको एक आमाको संघर्षको कथा भन्छ । कानूनी अड्चन हटे लगत्तै निर्माता फिल्मको रिलिजमा जुटेका हुन् । यसअघि १८ बैशाखदेखि फिल्म रिलिज तयारीमा थियो ।

यो फिल्मलाई यसअघि नै केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?