+

आयोजक रेसिङ सहारा कोहलपुर गोल्डकपको फाइनलमा

२०८३ वैशाख  २३ गते २१:३६ २०८३ वैशाख २३ गते २१:३६
आयोजक रेसिङ सहारा कोहलपुर गोल्डकपको फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोहलपुर रेसिङ सहारा क्लब कोहलपुर गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
  • पहिलो हाफमा रेसिङका निराजन खत्री र ओम प्रकाश चौधरीले गोल गरेका थिए ।
  • दोस्रो हाफमा रोशन छन्त्यालले गोल गरे पनि लालीगुुराँस एसोसियसन क्लब पोखराले जित्न सकेन ।

२३ वैशाख, काठमाडौं । बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा कोहलपुर रेसिङ सहारा क्लब फाइनल प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनल प्रवेश गरेको हो ।

रेसिङ सहारा क्लबलाई जिताउन पहिलो हाफको १६औं मिनेटमा निराजन खत्रीले गोल गरेका थिए । पहिलो हाफकै ३८औं मिनेटमा ओम प्रकाश चौधरीले उत्कृष्ट हेडर गोल गर्दै २–० को अग्रता दिलाए ।

दोस्रो हाफमा भने लालीगुुराँस एसोसियसन क्लब पोखराले कमब्याकको प्रयास गरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा पोखराका लागि दोस्रो हाफको ६८औं मिनेटमा रोशन छन्त्यालले गोल गरेका थिए ।

यद्यपी फिनिसिङमा चुक्दा लालीगुुराँस एसोसियसन क्लब पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । चौथो संस्करणमा लगातार दुई खेल जितेको कोहलपुर रेसिङ सहारा क्लब फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

खेलको म्यान अफ द म्याच कोहलपुर रेसिङ सहारा क्लबका ओम प्रकाश चौधरी बने ।

प्रतियोगिता २६ वैशाखसम्म चल्नेछ ।

कोहलपुर गोल्डकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय