News Summary
Generated by OK AI. Editorially reviewed.- सनराइजर्स हैदराबादले आईपीएल २०२६ मा पन्जाब किङ्सलाई ३३ रनले हराउँदै शीर्षस्थानमा उक्लिएको छ।
- हैदराबादले दिएको २३६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्र बनाएको थियो।
- हैदराबादका कप्तान प्याट कमिन्स र शिवांग कुमारले २-२ विकेट लिए भने, हैदराबाद ११ खेलमा १४ अंकसहित शीर्ष स्थानमा छ।
२३ वैशाख, काठमाडौं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ ।
बुधबार भएको खेलमा पन्जाब किङ्सलाई ३३ रनले हराउँदै हैदराबाद शीर्षस्थानमा उक्लिएको हो । लगातार तेस्रो हार बेहोरेको पन्जाब भने दोस्रो स्थानमा झरेको छ ।
हैदराबादले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो ।
कूपर कोनोलीले अविजित शतक बनाएपनि अन्यबाट साथ पाउन सकेनन् । कोनोली ५९ बलमा ७ चौका र ८ छक्कासहित १०७ रन बनाए । मार्कस स्टोइनिसले २८ तथा सुर्यांश शेड्गेले २५ रन बनाए ।
हैदराबादका लागि कप्तान प्याट कमिन्स र शिवांग कुमारले २-२ विकेट लिँदा नितिश रेड्डी, इशान मलिंगा र साकिब हुसेनले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो । हेनरिक क्लासेन र इशान किशनले अर्धशतक प्रहार गरे ।
क्लासेनले ४३ बलमा ३ चौका र ४ छक्कासहित ६९ रन बनाए भने किशनले ३२ बलमा २ चौका र ४ छक्कासहित ५५ रन बनाए । ट्राभिस हेडले ३८ र अभिषेक शर्माले ३५ रन बनाए ।
पन्जाबका लागि अर्शदीप सिंह, लकी फर्गुसन, युजभेन्द्र चहल र विजयकुमार वाइशाकले १-१ विकेट लिए ।
यस जितसँगै ११ खेलमा १४ अंक भएको हैदराबाद शीर्षस्थानमा उक्लिएको हो । १० खेलमा १३ अंक भएको पन्जाब दोस्रोमा छ ।
प्रतिक्रिया 4