+
+
Shares

खोटाङमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

खोटाङमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।

रासस रासस
२०८३ वैशाख २४ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खोटाङमा करेन्ट लागेर आनन्द राई र भीरबाट लडेर सुनिल कार्कीको मृत्यु भएको छ।
  • आनन्द राई ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको बेला करेन्ट लागेर घटनास्थलमै मरेका हुन्।
  • सुनिल कार्की बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएका छन्।

२४ वैशाख, खोटाङ । खोटाङमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु भएको हो ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुनःसञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिए ।

महादेवस्थानका कार्कीको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?