News Summary
Generated by OK AI. Editorially reviewed.- पश्चिम बंगालको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीको जितपछि मुर्शिदाबादको जियागञ्जमा भ्लादिमिर लेनिनको सालिक मे ५ मा तोडफोड भएको छ।
- भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले भाजपा समर्थक 'गुन्डाहरू' ले चुनावी जितको खुसीयालीमा सालिकमाथि चढेर क्षति पुर्याएको आरोप लगाएको छ।
- सीपीएमले मे ८ मा सोही स्थानमा पुनः लेनिनको मूर्ति निर्माण गर्ने घोषणा गरेको छ र प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।
पश्चिम बंगालको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) को जितपछि मुर्शिदाबादको जियागञ्जमा भ्लादिमिर लेनिनको सालिक ढालिएको छ। जियागञ्जस्थित श्रीपत सिंह कलेज नजिकै रहेको उक्त सालिकमाथि मे ५ मा तोडफोड भएको हो।
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) ले सामाजिक सञ्जाल एक्समार्फत भाजपा समर्थक ‘गुन्डाहरू’ ले चुनावी जितको खुसीयाली मनाउने क्रममा सालिकमाथि चढेर क्षति पुर्याएको आरोप लगाएको छ।
सार्वजनिक भएको भिडियो फुटेजमा सालिकका टुक्राहरू भुइँमा छरिएको र आक्रमणकारीहरूले नाराबाजी गरिरहेको देखिन्छ। यस क्षेत्रबाट भाजपा उम्मेदवार गौरी शंकर घोष ३० हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्।
सालिक तोडफोडको घटनालगत्तै सीपीएमले प्रहरीमा उजुरी दर्ता गराएको थियो।
पार्टीका अनुसार उजुरी र विरोध प्रदर्शनपछि प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको छ।
सीपीएमले यस घटनालाई वैचारिक असहिष्णुताको संज्ञा दिँदै मे ८ मा सोही स्थानमा पुनः लेनिनको मूर्ति निर्माण गर्ने घोषणा गरेको छ।
प्रतिक्रिया 4