+
+
Shares

इलामको सन्दकपुर पर्यटन क्षेत्रमा भेटियो बेवारिसे मानव कंकाल

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १३:५९
छिन्तापु नजिकै रहेको जंगल । फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित तालपोखरी जंगलमा मानव कंकाल फेला परेको छ।
  • प्रहरीसहितको टोलीले शवको टाउको र खुट्टामा मात्र मासु बाँकी रहेको अवस्था पत्ता लगाएको छ।
  • शवको शरिरबाट नाम थर उल्लेख भएको एनएमबी बैंकको चेकबुक पनि फेला परेको छ र प्रहरीले अनुसन्धान गरिरहेको छ।

२४ वैशाख, इलाम । इलामको सन्दकपुर पर्यटकीय क्षेत्रमा मानव कंकाल फेला परेको छ ।

सन्दकपुर गाउँपालिका–२ माइमझुवास्थित छिन्तापुदेखि केही तल तालपोखरी जंगलमा बुधबार गाईगोरू चराउन जानेहरूले सो शव देखेका थिए ।

उनीहरूले गरेको खबरका आधारमा बिहीबार सो स्थानमा प्रहरीसहितको टोली पुगेको थियो ।

घटनास्थलमा पुगेका यातायात व्यवसायी पप्पु शिवाले शवको टाउको र खुट्टामा मात्र मासुको भाग बाँकी रहेको अवस्था रहेको बताए । उनले भने, ‘टाउको र खुट्टामा मात्र मासु बाँकी छ, बाँकी सब हाडखोर मात्र छ ।’

फेला परेको शवको सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले बताए ।

शवको शरिरबाट नाम थर उल्लेख भएको एनएमबी बैंकको चेकबुक पनि फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?