+
+
Shares

मर्मतका लागि कालीगण्डकी ‘ए’ जलविद्युत् गृहको ड्याम खोलिने, सुरक्षित रहन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १४:३८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २५ वैशाख साँझदेखि कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा सरसफाइ एवं मर्मत सम्भारका लागि पावरहाउसका तीनवटै मेसिन बन्द गरिने भएको छ।
  • सरसफाइका क्रममा ड्यामका सबै गेट खोलिने हुँदा कालीगण्डकी नदीमा पानीको बहाव बढ्ने र सतह अस्थायी रूपमा उच्च हुने सम्भावना रहेको छ।
  • केन्द्रले नदी किनारका बासिन्दा र सर्वसाधारणलाई सामग्री सुरक्षित स्थानमा सार्न र अनावश्यक रूपमा नदी किनार नजान आग्रह गरेको छ।

२४ वैशाख, गुल्मी । २५ वैशाख साँझदेखि कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको सरसफाइ एवं मर्मत गरिने भएको छ ।

साँझ ५ बजेदेखि सरसफाइ एवं मर्मत सम्भारका कार्य हुने भएकोले पावरहाउसका तीन वटै मेसिन पूर्ण रूपमा बन्द गरिने भएको छ ।

सरसफाइ एवं मर्मतका समयमा सुरुङमार्फत पावरहाउसमा जाने पानी डाइभर्ट गरी ड्यामका सबै गेट खोलिने केन्द्रले जनाएको छ ।

ड्यामका सबै गेट खोलिने भएकोले कालीगण्डकी नदीमा साविकको तुलनामा पानीको बहाव बढ्ने र नदीको सतह अस्थायी रूपमा उच्च हुने सम्भावना रहेको जनाइएको छ ।

त्यसैले सम्बन्धित निकायले नदी किनार तथा आसपासका बासिन्दा, निर्माण व्यवसायी तथा सर्वसाधारणलाई निर्माणजन्य सामग्री, उपकरण तथा अन्य वस्तुहरू सुरक्षित स्थानमा समयमै सार्न आग्रह गरेको छ।

उक्त समयमा नदी किनार क्षेत्रमा अनावश्यक रूपमा नजान विशेष अनुरोध गरिएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्र ले मर्मत कार्यका कारण हुने अस्थायी जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?