News Summary
Generated by OK AI. Editorially reviewed.- क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले एमएडब्लू हायर पर्चेज प्रालिको दीर्घकालीन ऋणको रेटिङ एल ट्रिपल बी माइनसमा स्तरोन्नति गरेको छ।
- कम्पनीको खराब कर्जा सन् २०२४ अक्टोबरमा ४.३६ प्रतिशतबाट २०२५ अक्टोबरमा १.९५ प्रतिशतमा झरेको इक्राले जनाएको छ।
- एमएडब्लूले सवारीसाधन र मोबाइल फोन फाइनान्सिङ गर्छ र यसको नेटवर्थ ६७ करोड रुपैयाँभन्दा बढी छ।
२४ वैशाख, काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हायर पर्चेज कम्पनी एमएडब्लू हायर पर्चेज प्रालिको ग्रेड बढाएको छ ।
कम्पनीको वित्तीय अवस्थामा आएको सुधारलाइ आधार बनाउँदै इक्राले रेटिङ ग्रेड बढाएको हो ।
इक्रा नेपालका अनुसार एमएडब्लूको दीर्घकालीन ऋणको रेटिङ स्तरोन्नति गर्दै आइसीआरएएनपी एल ट्रिपल बी माइनस प्रदान गरेको छ । यसअघि एल डबल बी प्लस दिएको थियो ।
त्यसैगरी इक्राले अल्पकालीन ऋणको रेटिङ पनि ए फोर प्लसबाट स्तरोन्नति गर्दै ए थ्री प्लस कायम गरेको छ ।
इक्राका अनुसार कम्पनीको खराब कर्जा सन् २०२४ अक्टोबरमा ४.३६ प्रतिशत थियो । २०२५ अक्टोबरसम्म आइपुग्दा खराब कर्जा १.९५ प्रतिशतमा झरेको इक्राले जनाएको छ ।
कम्पनीले सवारीसाधन (विशेषगरी यामाहा, रोयल इन्फिल्ड र फोटोन) का साथै मोबाइल फोनको पनि फाइनान्सिङ गर्छ । साथै, कम्पनीको नेटवर्थ ६७ करोड रुपैयाँभन्दा धेरै रहेको इक्राले जनाएको छ ।
कम्पनीले उक्त नेटवर्थको १० गुणासम्म ऋण तथा सापटी लिन सक्छ । विगत ५ वर्षदेखि निरन्तर नाफामा रहेको कम्पनीले अन्य हायर पर्चेज कम्पनीको तुलनामा उत्कृष्ट रेटिङ पाएको हो ।
२०११ मा स्थापना भएको एमएडब्लु हायर पर्चेजको मुख्य कार्यालय विराटनगर तथा मुख्य सञ्चालन केन्द्र काठमाडौं त्रिपुरेश्वरमा छ ।
प्रतिक्रिया 4