+
+
Shares

सप्तरीमा अपहरणपछि गोली प्रहार घटनाका पाँच जना आरोपी पक्राउ

गएको माघमा सदाम र ताहिरलाई अपहरणपछि उनीहरूमाथि गोली प्रहार भएको थियो । घटना माघ ४ गतेको थियो ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ वैशाख २४ गते २१:२२

२४ वैशाख, सप्तरी । सिरहा लहान नगरपालिका–१० का ४७ वर्षीय मोहम्मद सदाम र ६० वर्षीय मोहम्मद ताहिर मियाँलाई अपहरणपछि गोली प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

गएको माघमा सदाम र ताहिरलाई अपहरणपछि उनीहरूमाथि गोली प्रहार भएको थियो । घटना माघ ४ गतेको थियो ।

खडक नगरपालिका–५ खरचुहियाका ४२ वर्षीया मिना खातुन जमिन खरिद गर्न गएका सदाम र ताहिर अपहरणमा परेको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरूसँग रहेको रकम लुटेर गोली हानी घाइते बनाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा जग्गाधनी मिना खातुन, रूपनी गाउँपालिका–५ का ४३ वर्षीय हजरत मियाँ, राजगढ गाउँपालिका–६ का ४५ वर्षीय मञ्जित मियाँ, खडक नगरपालिका–६ वीरपुरका ४८ वर्षीय मुमताज मियाँ र सुरुङ्गा नगरपालिका–३ का ३५ वर्षीय उपेन्द्र मोची छन् ।

पक्राउ परेका पाँचै जनाविरुद्ध अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।

पक्राउ परेकामध्ये मुमताज मियाँमाथि १३ वटा ठगी सम्बन्धी मुद्दा र  उपेन्द्र मोचीमाथि ज्यान सम्बन्धी कसुरको मुद्दा रहेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?