+
+
Shares

प्रधानन्यायाधीश सिफारिसबारे के भन्छन् पूर्वन्यायाधीशहरू ?

प्रधानन्यायाधीश सिफारिसका विषयमा हामीले तीन जना पूर्वन्यायाधीशहरूको धारणा बुझ्ने प्रयास गरेका छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते २२:०५

२४ वैशाखकाठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश बन्न योग्यता पुगेका ६ मध्ये शर्मा चौथो वरीयतामा थिए । न्यायाधीशहरू सपना प्रधान मल्लकुमार रेग्मी र हरि फुयाल शर्मा भन्दा वरिष्ठ न्यायाधीश हुन् ।

यो सिफारिको विषयमा हामीले तीन जना पूर्वन्यायाधीशहरूको धारणा बुझ्ने प्रयास गरेका छौं ।

सर्वोच्चका पूर्वन्यायाधीश गौरी ढकाल परिषद्ले गरेको यस्तो निर्णयले जनतामा राम्रो सन्देश नजाने बताउँछिन् । उनी भन्छिन्, ‘न्याय सेवा भन्नु मात्र रहेछयो त अन्याय सेवा रहेछ भन्ने सन्देश जान्छ । यसले न्याय सम्पादनमा असर पर्छ ।’

अर्का पूर्वन्यायाधीश बलराम केसी सरकारले न्याय क्षेत्रमा हात हालेर गल्ती गरेको बताउँछन् । कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल हरेक हिसाबले योग्य र सक्षम भएको उनको धारणा छ ।

सर्वोच्चकै पूर्वन्यायाधीश गिरिशचन्द्र लाल भने यो निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । राजनीतिक हस्तक्षेप नहोस् भनेर यस्तो निर्णय आएको हुनसक्ने उनको बुझाइ छ । उनी भन्छन्, ‘राजनीतिक संलग्नता नभएकाले ल्याइएको हुनसक्छ । विगतका निर्णय भन्दा भिन्न छ तर सार्‍है नराम्रो पनि भन्न मिल्दैन । धैरै राम्रो भयो पनि भन्दिनँ ।’

गौरी ढकाल (पूर्वन्यायाधीशसर्वोच्च अदालत)

वरिष्ठता मिचेर सिफारिस गर्दा मान्छेहरूले न्यायाधीश हुन तीनपटक विचार गर्छ । म आफैँ भुक्तभोगी हुँ । उच्च अदालतमा भएका बेला म भन्दा सबै कनिष्ठले मुख्य न्यायाधीश बनाउँदा मलाई मात्र बनाइएन ।

त्यति बेला डिप्रेसनमै जाला जस्तो भएको थियो । यस्तो बेलामा कस्तो मानसिक अवस्था हुन्छ भन्ने म राम्ररी बुझ्दछु ।

पहिलो वरियतामा हुनु भएका सपना प्रधान मल्ललाई पनि त्यस्तै भएको हुनुपर्छ । हेर्दा व्यक्तिगत जस्तो लाने यस्तो उदाहरणले न्याय सेवा भन्नु मात्र रहेछयो त अन्याय सेवा रहेछ भन्ने सन्देश जान्छ । न्यायमूर्तिहरू अन्यायमा पर्दो रहेछ भन्दा जनतामा राम्रो सन्देश जाँदैन । यस्तो निर्णयले न्याय क्षेत्रप्रति वितृष्णा जगाउँछ ।

बलराम केसी (पूर्व न्यायाधीसर्वोच्च अदालत) 

मैले यो सरकारको कामको समर्थन गर्दै आएको छु । तर यो निर्णयमा मेरो समर्थन छैन । सरकारले अहिले न्यायापालिकालाई चलाउनु हुँदैनथ्यो । नियुक्तिमा केही विवाद भए पनि सपना प्रधान मल्ल अन्तर्राष्ट्रिय एक्सपोजर भएकोविद्वान र राम्रो काम गरिरहेकी न्यायाधीश हुन् ।

यो निर्णय गर्दा संविधानको उल्लंघन भएको छैन । संवैधानिक हिसाबले ६ जना नै योग्य हुनुहुन्थ्यो ।  तर वरिष्ठलाई बाइपास गर्नुको धेरै कारणहरू खुलाउन सक्नुपर्दछ । न्यायपरिषद्ले पनि एक जनाको मात्र नाम पठाएको भए हुन्थ्यो । सरकारले न्याय क्षेत्रमा हात नहालेको भए हुन्थ्यो ।

गिरिशचन्द्र लाल (पूर्वन्यायाधीशसर्वोच्च अदालत)

सामान्यतया वरिष्ठताकै आधारमा प्रधानन्यायाधीश सिफारिस गरिन्छ । वरिष्ठताकै आधारमा गर्नुपर्छ भन्ने संवैधानिक बाध्यता भने छैन । अवस्था हेरेर परिषद्ले निर्णय गर्न सक्दछ । दलहरूले सिधै सर्वोच्चको न्यायाधीश बनाउन थाले । डा.मनोजकुमार शर्मा भन्दा वरिष्ठत क्रममा जोजो हुनुहुन्थ्यो उहाँहरू पनि त्यसरी नै आउनु भएको हो । मेरो भनाइको अर्थ उहाँहरू तीन जना अयोग्य हुनुहुन्थ्यो भन्ने होइन ।

संवैधानिक परिषद्ले उच्च अदालतबाट आउनु भएकालाई सिफारिस गरेको छ । मेरो विचारमा यो राजनीतिक हस्तक्षेप नहोस् भनेर गरेको हुनुपर्छ । राजनीतिक संलग्नता नभएकाले ल्याइएको हुनसक्छ ।  विगतका निर्णय भन्दा भिन्न छ । साह्रै नराम्रो पनि भन्न मिल्दैन । धैरै राम्रो भयो पनि भन्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?