+

१० के एनवाईएफएन रन हुने

२०८३ वैशाख  २४ गते २१:५० २०८३ वैशाख २४ गते २१:५०
१० के एनवाईएफएन रन हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय युवा संघ नेपालले १ जेठमा १० के एनवाईएफएन रन आयोजना गर्ने भएको छ ।
  • प्रतियोगितामा पुरुषको विधा मात्र समावेश गरिएको र आगामी दिनमा महिलाको ईभेन्ट पनि समावेश गर्ने योजना रहेको छ ।
  • दौडमा पाँच सयदेखि एक हजार जनाको सहभागिता रहने र विजेताले ५० हजार पुरस्कार पाउने आयोजकको भनाई छ ।

२४ वैशाख, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जेठ १ गते ‘१० के एनवाईएफएन रन’ हुने हुने भएको छ ।

संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा १० के रन  आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो ।

पहिलो पटक एथ्लेटिक्सको प्रतियोगिता आयोजना गर्न लागेको युवा संघले यस पटक पुरुषको विधा मात्र समावेश गरिएको युवा संघका अध्यक्ष महाराज गुरुङले जानकारी दिए ।

आगामी दिनमा महिलाको ईभेन्ट पनि समावेश गर्ने योजना रहेको र यसलाई निरन्तरता लिने गुरुङले बताए । यस्तै नयाँ खेलाडीहरुलाई प्राथमिकता दिने लक्ष्य रहेको उनले जानकारी दिए ।

दौड दशरथ रंगशाला त्रिपुरेश्वरबाट सुरु भएर तीनकुने फन्को मार्दै पुन: रंगशालामा पुगेर टुंगिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पाँच सय देखि एक हजार जनाको सहभागिता रहने अपेक्षा राखेको आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महाराज गुरुङले जानकारी दिए । खुल्ला प्रतियोगिता भएकोले दौडमा राष्ट्रिय स्तरको खेलाडी देखि राष्ट्रिय युवा संघका सदस्यहरु समेत सहभागि हुनेछन् ।

प्रतियोगिताको लागि नेपाल एथ्लेटिक्स संघले प्राविधिक सहयोग गर्ने गुरुङले जानकारी दिए ।

प्रतियोगितामा शीर्ष पाँच स्थानमा आउने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । जसमा विजेताले नगद ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौले १० हजार पाउनेछन् ।

प्रतियोगिताको अनुमानित बजेट ५ लाख रहेको आयोजकले जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय