+
+
Shares

तोलामा १३ सय रुपैयाँ बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला १२५ रुपैयाँले बढेर ५ हजार २७५ रुपैयाँ पुगेको छ।

२५ वैशाख, काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको छ ।

यो मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७५ रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?