+

स्मित पटेलको शतकमा अमेरिकाको प्रतिस्पर्धात्मक योगफल

२०८३ वैशाख  २५ गते १३:१० २०८३ वैशाख २५ गते १३:१०
स्मित पटेलको शतकमा अमेरिकाको प्रतिस्पर्धात्मक योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले नेपाल ए विरुद्धको अभ्यास एकदिवसीय खेलमा ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको छ ।
  • ओपनर स्मित पटेलले १०८ बलमा ११६ रन बनाए, जसमा १० चौका र ५ छक्का समावेश छन् ।
  • नेपाल ए का पवन सर्राफले २ विकेट लिए भने अन्य खेलाडीले १-१ विकेट लिए ।

२५ वैशाख, काठमाडौं । ओपनर स्मित पटेलको शतक मद्दतमा अमेरिकाले नेपाल ए विरुद्धको अभ्यास एकदिवसीय खेलमा प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको छ । पटेलले १०८ बलमा १० चौका र ५ छक्का मद्दतमा ११६ रन बनाए ।

जसदीप सिंह ३३ तथा हर्मीत सिंह २५ रनमा नटआउट रहे । कप्तान मोनांक पटेलले २० रन बनाए ।

नेपाल ए का लागि पवन सर्राफले २ विकेट लिँदा शाहब आलम, बिपिन खत्री, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले १-१ विकेट लिए ।

नेपाल ए ले यसअघि बिहीबार स्कटल्यान्डसँगको खेल जितेको थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ

नेपाल ए क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय