News Summary
Generated by OK AI. Editorially reviewed.- डा. वर्षा प्रकाशले सिरहाको रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको मेसु पदभार ग्रहण गरेकी छन्।
- सरकारले २२ वैशाख २०८२ मा डा. वर्षालाई मेसु काजमा खटाएको थियो तर डा. रञ्जित झाले पद नछाड्दा उनले जिम्मेवारी सम्हाल्न पाएकी थिइनन्।
- डा. रञ्जित झाले २१ वैशाखमा पदबाट हटेपछि अस्पतालका कर्मचारीले डा. वर्षालाई औपचारिक रूपमा मेसु पदभार ग्रहण गराएका छन्।
२५ वैशाख, सिरहा । सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको मेसुमा डा. वर्षा प्रकाशले पदभार ग्रहण गरेकी छन् ।
लामो समयदेखि चल्दै आएको प्रशासनिक विवाद अन्त्यसँगै डा. वर्षाले मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को रूपमा पदभार ग्रहण गरेकी हुन् ।
सरकारले २२ वैशाख २०८२ मा डा. वर्षालाई अस्पतालको मेसुका रूपमा काजमा खटाए पनि तत्कालीन मेसु डा. रञ्जित झाले पद नछाड्दा उनले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्न पाएकी थिइनन् ।
राजनीतिक पहुँच र प्रभावका कारण डा. झाले पदमा निरन्तरता दिँदै आएका थिए भने डा. वर्षालाई बालरोग विशेषज्ञको रूपमा मात्रै काम गराइँदै आएको थियो ।
सरकारले काजमा रहेका कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरेपछि डा. झाले २१ वैशाखमा रमाना लिएर वीर अस्पताल फर्किएका हुन् । त्यसपछि अस्पतालका कर्मचारीहरूले डा. वर्षालाई स्वागत गर्दै औपचारिक रूपमा मेसुको पदभार ग्रहण गराएका हुन् ।
प्रतिक्रिया 4